KANUN NEWS १३ फाल्गुन २०८२, मंगलवार

एमाले लुम्बिनी अधिवेशनः अध्यक्षमा कँडेल विजयी


नेकपा एमालेको लुम्बिनी प्रदेश अध्यक्षमा पाल्पाका राधाकृष्ण कँडेल विजयी भएका छन्।

मंगलबार सम्पन्न भएको निर्वाचनको अन्तिम मतपरिणाम अनुसार अध्यक्षका प्रत्याशी प्यूठानका हरि रिजाललाई २ मतले पराजित गर्दै कँडेल विजयी भएका हुन्।

विजयी कँडेलले ४७९ मत प्राप्त गरे भने रिजालले ४७७ मत प्राप्त गरेको  निर्वाचन समितिले  जनाएको  छ ।

त्यसैगरी उपाध्यक्षमा भोजप्रसाद श्रेष्ठ ४५५ मत प्राप्त गर्दै विजयी भएका छन्। उनको निकटम प्रतिद्धन्द्धी विश्वराज बराल (अनुप)ले ३०६ मत प्राप्त गरेका छन् ।