KANUN NEWS १३ फाल्गुन २०८२, मंगलवार

नयाँ नोट सटहीको लागि नबिल बैंकले तोक्यो शाखा


नबिल बैंकले दसैँका लागि नयाँ तथा सुकिला नोट सटही गर्न उपत्यका विभिन्न शाखा तोकेको छ।

बैंकले आज एक सूचना प्रकाशित गर्दै नयाँ तथा सुकिला नोट सटहीका लागि शाखा कार्यालयहरु तोकेको हो। सूचनामा उल्लेख भएअनुसार ग्राहकहरुले नबिल बैंकको लाजिम्पाट, गुसिंगल, मंगलबार, कमल विनायक र बौद्ध रामहिटीमा नयाँ तथा सुकिला नोट सटही गर्न सक्नेछन्।

नयाँ तथा सुकिला नोट असोज २९ गतेदेखि (सार्वजनिक बिदाबाहेक) का दिनमा सहटी गर्न सकिने बैंकले जनाएको छ। अन्य दिनमा यो सुविधा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म र शुक्रबारका दिन भने बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म उपलब्ध हुने बैंकले स्पष्ट पारेको छ।