KANUN NEWS १३ फाल्गुन २०८२, मंगलवार

नेपाल धितोपत्र बोर्डको निमित्त अध्यक्षमा नवराज अधिकारी, सरकारले थमायो पत्र


अर्थ मन्त्रालयको मंत्रीस्तरीय निर्णयले नेपाल धितोपत्र बोर्डको निमित्त अध्यक्षको जिम्मेवारी बरिष्ठ कर्मचारीको हैसियतमा डा नबराज अधिकारीलाई दिएको छ ।

निवर्तमान अध्यक्ष रमेशकुमार हमालको पदावधी सकिएपछि अध्यक्ष पद रिक्त थियो ।

सरकारले नयाँ अध्यक्षको नियुक्ति नहुँदासम्मका लागि उनलाई बोर्डको दैनिक प्रशासन र सञ्चालक समितिको बैठक बोलाउने अधिकार दिएको छ ।

गत पुस २० गतेदेखि नेपाल धितोपत्र बोर्ड नेतृत्व विहिन छ ।