KANUN NEWS १३ फाल्गुन २०८२, मंगलवार

प्रधानमन्त्री प्रचण्डले पाए तेस्रोपटक विश्वासको मत, ११० जनाले पत्याएनन्


प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गरेका छन् ।

नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रतिनिधिसभाबाट विश्वास प्राप्त गर्न प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १५५ बमोजिम उहाँले आज पेस गर्नुभएको प्रस्तावका पक्षमा एक सय ५७ र विपक्षमा एक सय १० मत खसेको छ ।

मतविभाजन प्रक्रियामा एक मत दिन्न भन्नेमा खसेको थियो । मतविभाजन प्रक्रियामा जम्मा दुई सय ६८ सांसद सहभागी रहेका थिए ।