KANUN NEWS १३ फाल्गुन २०८२, मंगलवार

उपनिर्वाचन: पञ्चेबाजा र र्‍यालीसहित उम्मेदवारी दर्ता, प्रचण्डका कार्यकर्ताहरुले सर्लक्कै एमालेलाई भोट दिने


आउँदो वैशाख १५ मा हुने इलाम क्षेत्र-२ को उपनिर्वाचनका लागि २० उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।

शनिबार विभिन्न दल र स्वतन्त्र उम्मेदवार पञ्चेबाजा र र्‍यालीसहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन्।

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले साझा उम्मेदवारका रूपमा एमालेका ३२ वर्षे सुहाङ नेम्बाङलाई उठाएका छन्। सुहाङलाई नेपाल कम्युनिस्ट पार्टीले समेत समर्थन गरेको छ।

नेपाली कांग्रेसबाट डम्बरबहादुर खड्काले उम्मेदवारी दिएका छन्। उनी २०७९ सालको निर्वाचनमा यही क्षेत्रबाट एमाले उम्मेदवार सुवासचन्द्र नेम्बाङसँग पराजित उम्मेदवार हुन्।