KANUN NEWS १३ फाल्गुन २०८२, मंगलवार

एमालेमै फर्कने तयारीमा झाँक्री, ओलीसँग अर्थपूर्ण भेट


पूर्वमन्त्रीसमेत रहेकी नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्री आफ्नो पूर्व पार्टी नेकपा एमाले प्रवेश गर्ने तयारी गरेकी छन् ।

नयाँ पार्टी बनाएपनि कुनै रिजल्ट दिन नसकेको र ठूला दलहरू कांग्रेस र माओवादी केन्द्रको छाँयामा पर्दै गएको भन्दै सार्वजनिक टिप्पणी गर्ने झाँक्रीले एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेकी छन् ।

आइतवार भएको उक्त भेटमा ओलीले झाँक्रीलाई पूरानै पार्टीमा फर्कन आग्रह गरेका थिए ।

भेटमा एमालेमै फर्कनेबारे झाँक्री सकारात्मक रहेको बताइएको छ । ‘यसका लागि तपाईं वातावरण बनाउनुस्,’ झाँक्रीको भनाइ उदृत गर्दै स्रोतले भन्यो ।