KANUN NEWS १३ फाल्गुन २०८२, मंगलवार

केपी ओलीको नाममा हुने खेललाई लिएर माधवको टाउको दुखाई, यस्तोसम्म भन्न भ्याए


नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले केपी ओलीको नाममा हुने खेलकुद प्रतियोगिताप्रति आपत्ति जनाएका छन् ।

केही दिनअगाडी पार्टीको कोशी प्रदेश कमिटीले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले भने ‘एउटा पार्टी छ, जसले आफ्नो नेताको नाममा प्रतिष्ठान खोलिदिएको छ। आफ्नै नेताको नाममा खेलकुद प्रतियोगिता गरिदिएको छ। ज्युँदै फेरि। यसलाई भन्छन्–व्यक्तिवाद।’

ओलीमा व्यक्तिवाद भएकाले आफ्नै नाममा प्रतिष्ठान खोल्ने गरेको उनको तर्क थियो। नेता नेपालले बुर्जुवा पार्टीमा पनि ज्युँदो नेताको नाममा प्रतिष्ठान खोल्ने, खेलकुद प्रतियोगिता गर्ने चलन नभए पनि ओलीको व्यक्तिवादी चरित्रकै कारण त्यो सम्भव भएको जिकिर गरे।