१३ फाल्गुन २०८२, मंगलवार

हिजोको क्याबिनेटमा २२ सचिवको सरुवा, खरिद अनुगमन र अख्तियारका हाकिम यताउता


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले  २२ सचिवको सरुवा गरेको छ  । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सचिवहरूको सरुवा गरेको हो।

सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव भरतमणि सुवेदीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय ल्याएर सामान्य प्रशासन सचिव मुकुन्द निरौलालाई श्रम मन्त्रालय सरुवा गरिएको छ।

यस्तै श्रमसचिव घनश्याम उपाध्यायको अख्तियार दुरुपयोग अनुसन्धान आयोग सरुवा गरिएको छ।

सरुवा सम्बन्धी निर्णय सार्वजनिक हुन् बाँकी नै छ ।