KANUN NEWS १३ फाल्गुन २०८२, मंगलवार

उड्डयन प्राधिकरणले कारबाहीको डण्डा चलाएपछि सिम्रिकले तिर्यो ४३ लाख बक्यौता


simrik air

काठमाडौँ नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान नै रोक लगाएपछि सिम्रिक एयरले बक्यौता रकम बुझाएको छ ।

एयरले शुक्रबार ४३ लाख रुपैयाँ बक्यौता बुझाएको हो । पटक पटक ताकेता गर्दा पनि बक्यौता रकम नतिरेको र आर्थिक संकटमा परेको भन्दै प्राधिकरणले शुक्रबारदेखि अनिश्चितकालका लागि सिम्रिकको उडान रोकेको थियो ।

उडानमा रोक लगाएपछि सिम्रिकले आर्थिक वर्ष २०७९र०८० को ४३ लाख बक्यौता शुक्रबार बुझाएको प्राधिकरणले जनाएको छ ।