KANUN NEWS १३ फाल्गुन २०८२, मंगलवार

माछापुच्छ्रे बैंक: अब मोबाइल बैंकिङमा अफलाइन ‘टप एण्ड पे’ सेवा


माछापुच्छ्रे बैंकले नेपाली बैंकिङ उद्योग क्षेत्रमा पहिलोपटक ईएमभी स्ट्यान्डर्डमा  आधारित ‘टोकनाइज्ड’ प्रविधिको प्रयोग गरी मोबाइल बैंकिङ एप्लिकेसनमा कन्ट्याक्टलेस अफलाइन ‘ट्याप एन्ड पे’ सेवा सुरु गरेको छ।

बैंकले उक्त सेवा शुक्रबार ल्याएको हो ।

सो प्रविधिमा ग्राहकको खाता विवरणको सट्टा सिस्टम जेनेरेटेड कोडबाट कारोबार हुनेहुँदा ग्राहकको विवरण गोप्य र सुरक्षित रहनेछ ।

माछापुच्छ्रे बैंकले उक्त सेवा सुरु गरेसँगै बैंकका ग्राहकले तोकिएका निश्चित मर्चेन्टहरुबाट पोसमार्फत कारोबार गर्दा बैंकको मोबाइल बैंकिङ एप्लिकेसन एमबीएल एम–स्मार्ट प्रयोग गरी आफ्नो फोनका माध्यमबाट ट्याप गरी भुक्तानी गर्न सक्नेछन्।

बैंकले डिजिटल बैंकिङ क्षेत्रमा अनुसन्धान र खोजलाई प्राथमिकतामा राख्दै नवीनतम सेवा र सुविधाहरु ल्याइरहेको छ ।