KANUN NEWS १३ फाल्गुन २०८२, मंगलवार

नबिलले ल्यायो विशेष तीज अफर


नजिकिँदै गरेको नारीहरूको महान् चाड तीजलाई लक्षित गर्दै नबिल बैंकले आफ्ना महिला ग्राहकका लागि विशेष तीज अफर बजारमा ल्याएको छ।

यस अफर अन्तर्गत नबिल बैंकको ‘नबिल प्रिमियम नारी बचत खाता’ खोले बापत महिला ग्राहकले पहिलो वर्ष डेबिट कार्ड, क्रेडिट कार्ड र मोबाइल बैंकिङ निःशुल्क प्रयोग गर्न सक्नेछन्।

साथै यस अफर अन्तर्गत पहिलो वर्षको वार्षिक लकर शुल्क पनि निःशुल्क गरिएको छ। सीमित अवधिलाई ल्याइएको यस अफर अन्तर्गत, नारी ग्राहक वर्गले असोज १५, २०८० गते सम्ममा ‘नबिल प्रिमियम नारी बचत खाता’ खोली माथि उल्लेखित सुविधा प्रयोग गर्न सक्नेछन्।

नबिल बैंक नेपालको निजी क्षेत्रको एक अग्रणी बैंक हो। नबिलले १८ लाख भन्दा बढी सेवाग्राहीहरूलाई देशभरिको २ सय ६५ शाखा र २ सय ९८ एटिएम मेसिनहरूबाट सेवा प्रदान गर्दै आएको छ।

नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको इतिहासमा उदाहरणीय काम गर्दै आएको छ।