KANUN NEWS १३ फाल्गुन २०८२, मंगलवार

सर्वसाधारणलाई आईपीओ निष्कासन गर्दै मीड सोलु हाइड्रोपावर, १० हजार कित्तासम्म आवेदन दिन सकिने


मीड सोलु हाइड्रोपावर कम्पनीले सर्वसाधारणका लागि साधारण सेयर आईपीओ निष्कासन गर्ने भएको छ ।

कम्पनीले सर्वसाधारणका लागि २८ गतेदेखि सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ६ लाख २१ हजार १७२ कित्ता सेयर जारी गर्ने भएको छ ।

यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ७४ हजार ८४० कित्ता सेयर बाँडफाँट गरिसकेको छ । कम्पनीका कर्मचारीलाई १४ हजार ९६८ कित्ता र म्युचुअल फन्डलाई ३७ हजार ४२० कित्ता सेयर छुट्याएको छ ।

आईपीओमा असोज १ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा असोज ११ गतेसम्म आवेदन दिन सकिने छ । आईपीओमा न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने छ ।

आवेदन सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरोसेयर एपमार्फत आवेदन दिन सकिनेछ । यसको बिक्री प्रबन्धकमा एनआइसी एसिया क्यापिटल रहेको छ ।