काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले कानुन निर्माणको कामलाई अहिले भइरहेको भन्दा छिटो गर्ने गरी अगाडि बढिएको बताएका छन् । अहिले जुन गतिमा कानून निर्माण हुनुपर्ने हो त्यसअनुसार नभएको भन्दै उनले कानून निर्माणको गतिलाई बढाउने बताए ।
संसदीय अभ्यास, प्रक्रियाको जानकारी एवं प्रभावकारी भूमिकाको विषयमा राष्ट्रिय सभाका नवनिर्वाचित सांसदहरूसँगको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष दाहालले संघीय संसद्बाबाट कानून निर्माणमा ढिलाइ भएको बताए ।
उनले भने ‘संविधान निर्माणसँगै देशमा संघीय शासन प्रणालीको सुरुवात भएको छ । संविधानको कार्यान्वयनका लागि संघीय शासन व्यवस्था अनुसारका थुप्रै ऐन बनाउनु पर्ने काम अझैं बाँकी रहनु ठिक हाेइन्।’