KANUN NEWS ३१ बैशाख २०८३, बुधबार

भ्रष्टाचारमा सर्वोच्चको नयाँ नजिर, ‘अस्वाभाविक जीवनपद्धति देखिनु नै भ्रष्टाचार’



काठमाडौं । भ्रष्टाचारमा सर्वोच्चको नयाँ नजिर स्थापित गर्ने गरी फैसला गरेको छ । सर्वोच्च अदालतले भ्रष्टाचार गरी अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा नयाँ नजिर निर्माण गरेको छ । न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा र कुमार चुडालको पूर्ण इजलासले नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक युवराज शर्माको मुद्दामा फैसला सुनाउँदै आय गणनाको बारेमा विस्तृत व्याख्या गरेको हो ।

आय गणना विवादमा यही मुद्दालाई देखाएर धेरै हाइप्रोफाइल मुद्दाको सुुनवाइ रोकिएको थियो । न्यायाधीश मल्ल नेतृत्वको पूर्ण इजलासले कृषि आय, वैदेशिक आय, घरभाडा, सेयर बापतको रकम र भ्रष्टाचारको मुद्दामा कति सिलिङसम्म छुट पाउने भनी विस्तृत व्याख्या गरेको छ ।