KANUN NEWS २७ बैशाख २०८३, शनिबार

दुर्गा प्रसाईंले मेडिकल कलेजको मुद्दा जिते, अब अरु १३ वटालाई नजिर हुने



काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईले मुद्दा जितेका छन् । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई बी एन्ड सी मेडिकल कलेज सञ्चालनको अनुमति प्रदान गर्न फैसला गरेको छ ।

सर्वोच्च अदालतले सोमबार मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बीएण्डसी कलेजलाई लाइसेन्स दिन आदेश दिएसँगै थप १३ मेडिकल कलेज उत्साहित भएका छन ।

सरकारले मेडिकल कलेज निर्माण गर्न आसयपत्र (एलओआई) दिएर सञ्चालन अनुमति नदिएका थप १३ मेडिक कजेलाई अब प्रसाईंको बीएण्डसी कलेजको फैसला नजिर हुने छ । यो नजिरका कारण अब अरु मेडिलक कलेज पनि अदालत गएर मुद्दा जितेर आउन सक्ने भएकोले भौतिक संरचना बनाएर बसेको तर सञ्चालन अनुमति नपाएका कलेज उत्साहित भएका हुन् ।

चिकित्सा शिक्षा ऐन २०७५ मा एउटा विश्व विद्यालयले पाँचवटा भन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन नदिने व्यवस्था गरेका कारण नयाँ मेडिकलले कलेजलाई अनुमति दिन सरकारले बन्द गरेको थियो । तर, त्यतिबेला पूर्वाधार तयार गरेका भएपनि १४ वटा मेडिकल कलेजलाई अनुमति नदिइ सरकारले रोकेर राखेको थियो ।