KANUN NEWS ३१ बैशाख २०८३, बुधबार

पितृत्व विवादमा डीएनए नै निर्णायक, सर्वोच्चको आदेशले स्पष्ट गर्‍यो वैज्ञानिक आधार



काठमाडौं । सर्वोच्च अदालतले पितृत्व विवादमा डीएनए परीक्षणलाई सबैभन्दा प्रमाणिक, वास्तविक र वैज्ञानिक आधार मान्दै अंशसम्बन्धी एउटा चर्चित मुद्दामा तल्लो अदालतहरूको फैसला उल्टाएको छ ।

न्यायाधीशद्वय विनोद शर्मा र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले अंश विवादमा आएको मुद्दाको पूर्णपाठ सार्वजनिक गर्दै, पितृत्व र मातृत्व विवादमा अब ‘डीएनए परीक्षण नै निर्णायक’ हुने ठहर गरेको हो । अदालतले ‘आमा सत्य र बाबु विश्वास’ भन्ने परम्परागत भनाइलाई अस्वीकार गर्दै, वैज्ञानिक परीक्षणलाई नै पितृत्व निर्धारणको आधार बनाइने उल्लेख गरेको छ ।