KANUN NEWS २८ बैशाख २०८३, आईतवार

शैक्षिक विश्लेषण: के छ पार्टीका घोषणा पत्रहरूमा ?



काठमाडौं । उमेर पुगेका दुई पक्षले खुशिराजीले भने बमोजिम दुई पक्षीय सम्झौताको मस्यौदा गर्नु कानून व्यवसाय हो वा अपराध भन्ने गम्भीर बहस शुरु भएको छ। २६ वर्षीय केटी र ३२ वर्षीय केटाले आफ्नो दुई वर्ष देखि रहेको प्रेम सम्बन्ध र शारीरिक सम्बन्ध मैत्री पूर्ण रुपमा अन्त्य गरी अब देखि हामीबीच कुनै लेनादेना नरहेको र प्रेमी प्रेमीकाको सम्बन्ध अब नरहने भनी दुबै पक्षको अभिभावकको रोहबरमा साक्षीसमेत राखेर १२ लाख केटी पक्षलाई क्षतिपूर्ति बापत दिने सहमति गरिन ।

ति केटीले फ्रान्स जाने प्रयोजनको लागि भन्दै नबिल बैंकको ६/६ लाखको दुई चेकहरुमा केटा पक्षबाट हस्ताक्षर गरेर लिइन । तत्काल खातामा पैसा नभएकोले ब्याक डेटको चेक बुझाई उमेर पुगेका केटा र केटी मूल कारणी बनी यही बैशाख ११ गते किर्तिपुरमा सम्झौता गर्छन र उक्त सम्झौ पत्रको अधिवक्ता बलराम झाले मस्यौदा समेत गरेका छन् ।