KANUN NEWS २९ बैशाख २०८३, सोमबार

कास्की अदालतको आदेश: रवि लामिछानेविरुद्धका दुई मुद्दा तत्काल फिर्ता नहुने



पोखरा । कास्की जिल्ला अदालतले रवि लामिछाने विरुद्ध दायर संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा तत्काल फिर्ता नलिने आदेश गरेको छ।

सोमबार भएको सुनुवाइपछि जिल्ला न्यायाधीश नितिश राईको इजलासले मुद्दा फिर्ता सम्बन्धी निर्णयमाथि सर्वोच्चमा विचाराधीन रिट रहेको भन्दै तत्काल निर्णय नगर्ने आदेश दिएको हो। अदालतका अनुसार सर्वोच्चबाट हुने आदेश जिल्ला अदालतमा प्राप्त भएपछि मात्रै थप निर्णय हुनेछ।

यसअघि महान्यायाधिवक्ताको कार्यालय ले लामिछानेसहित प्रतिवादी रहेका संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिने निर्णय गरेको थियो। उक्त निर्णयपछि कास्की जिल्ला सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा फिर्ताको निवेदन दर्ता गराएको थियो।