कानून व्यवसाय व्यस्त, जटिल र भावनात्मक रूपमा थकाउने क्षेत्र हो। दिनभर सेवाग्राहीको पीडा, मुद्दाको तनाव र निरन्तर दौडधूपबीच एकछिन पनि आफैंतिर फर्किन समय मिल्दैन। यस्तो पेसामा कार्यरतहरूले शारीरिकभन्दा पहिला मानसिक थकान अनुभूति गर्छन्। यही पृष्ठभूमिमा अधिवक्ता दिपकराज जोशीले नेपाल विपश्यना ध्यान केन्द्र, धर्मश्रृंगमा १० दिवसीय ध्यान साधनामा सहभागी भई गहिरो आत्मअनुभूति हासिल गरेका छन्। ध्यान केवल रोग निको पार्ने साधन होइन, जीवन बुझ्ने तरिका हो भन्ने विश्वासका साथ सहभागी भएका अधिवक्ता जोशीसँग ध्यान किन आवश्यक छ ? कानून व्यवसायजस्तो व्यस्त पेसामा ध्यानको भूमिका के हुन सक्छ ? र विपश्यनले उनीमा के परिवर्तन ल्यायो ? लगायतका विविध विषयमा हामीले कुराकानी गरेका छौं । प्रस्तुत छ कानून खबरले अधिवक्ता दिपकराज जोशीसँग गरेको कुराकानीको सक्षिप्त अंशः